शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली १८ वर्षपछि जीवित भेटिएकी हुन् ।

मोब्लीलाई अस्पतालबाट चोर्ने ५१ वर्षकी ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाको वाल्टरबोरोबाट पक्राउ गरेको छ । मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै आएकी थिइन् । विलियम्सले मोब्लीको नाम पनि परिवर्तन गरेकी थिइन् ।

डिएनए परीक्षणबाट मोब्लीको पहिचान गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको ज्याक्सनभिलाका अधिकारीले बताएका छन् । जन्मिएको ८ घण्टापछि नै हेल्थ केयर वर्करको रुपमा आएकी महिलाले मोब्लीलाई लगेकी थिइन् ।

२५ सय भन्दा बढी सूचनाको आधारमा मोब्लीलाई पहिचान गर्न सफल भएको सरकारी अधिकारीले बताएका छन् । मोब्लीका परिवारलाई यस बारेमा जानकारी गराइएको छ । तर परिवारसँग कसरी भेट्ने भन्ने निर्णय मोब्ली आफैले गर्न पाउने छिन् ।

तपाईको प्रतिक्रिया