शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – गत सोमवार आत्महत्या गरी मृत्यु भएको जोन तामाङको आज अन्त्यष्टी गरिएको छ । कावासाकीको नागाहारास्थित खामीमारूको अाकुवा शवगृहमा उनको अन्तिम संस्कार गरिएको हो ।
अन्त्यष्टि पश्चात अस्तु मृतकका साला रन्जित श्रेष्ठले नेपाल लिएर जाने भएका छन् ।

कार्यक्रममा कार्यवाहक राजदूत अर्यालले जापानवासी नेपालीहरूको अस्वभाविक मृत्यु र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्यन भइरहेको जानकारी दिनुभयो । त्यसैगरी एनअारएन जापानका अध्यक्ष सुदन थापाले पनि यसको न्यूनिकरणको लागि निकट भविष्यमा नै जनचेतना अभियान कार्यक्रम तय भएको बताउनुभयो ।
श्रद्धान्जली सभामा एनअारएन अाइसीसी सदस्य कपिलदेव थापा, जनप्रगतिशील मोर्चा जापानका पूर्व अध्यक्ष तथा व्यवसायी अरूण कुमार श्रेष्ठ, जनसम्पर्क समिति जापानका अध्यक्ष डीपी कंडेल, अोएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, एनअारएन जापानका सल्लाहकार जिज्ञान कुमार थापा, महासचिव अनुज थापा, कास्की पोखरा समाजका अध्यक्ष शिवप्रसाद पाैडेल लगायत जापानबासी नेपालीहरूको उपस्थिति रहेको थियो ।***

तपाईको प्रतिक्रिया