शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन सकिने छ । यस अघि अन्तराष्ट्रिय आप्रवासन दिवशको अवसरमा संस्थागत तर्फको पुर्व श्रम स्वीकृति अनलाइनबाट सुरु भएको थियो ।

त्यसबाट म्यानपावर व्यवसायीलाई सहज भएपनि व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिने युवालाई भने सहज भएको थिएन । अव श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै हुनेछ ।

यसका लागि अहिले म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागको ताहचल कार्यालयका कर्मचारी तालिम लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया