शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

दमासकस – सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती  कम्तिमा पनि ७ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो ।

त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बिबिसीले जनाएको छ । तर समाचार संस्था एएफपिका अनुसार ति अधिकारीको बसोबास क्षेत्रभन्दा केही पर उच्च सुरक्षा रहेको ठाउँमा आक्रमण भएको हो ।

आक्रमणमा परि घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्ने मानवअधिकारवादी संस्था सिरियन अवजरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ । अहिलेसम्म आक्रमणको जीम्मेवारी कसैले पनि लिएको छैन ।

तपाईको प्रतिक्रिया