शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ युट्युवमा सार्वजनिक भएको छ । पाइरेसीको चपेटमा परेपछि चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए । 

उनले यस्तो बताएको १२ घण्टा पनि नबित्दै चलचित्र युट्युवमा आधिकारीक रुपमा अपलोड गरिएको हो । युट्यवमा अपलोड हुनुभन्दा अघि नै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् ।

चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्र नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट चलचित्र हो ।

तपाईको प्रतिक्रिया