काठमाडौं – कलाकार तथा सर्जक नारायण कंडेलको देशप्रेमले झल्किने नयाँ गीत ‘हरेक दिन नेपाली परदेशमा रुन्छ’ रिलिज भएको छ ।
जापानमा रहेर आफ्ना शब्दका माध्यमबाट कंडेलले हाल नेपालको वास्तविक बिषयबस्तुमा आधारित भएर उक्त गीत प्रस्तुत गरेका छन् । नेपालमा बिद्यमान रहेको बन्द हड्ताल र देशको राजनीतिक अस्थिरताले देशको बिकासमा मुख्य समस्या परिरहेको र अन्य बिकसित मुलुक जस्तो नेपाल कहिले बन्न सक्ला भन्ने जिज्ञासा पनि गीतमा दर्शाउन खोजिएको छ ।
प्रस्तुत गीतमा जापानमै रहेका कलाकार सुर्य खड्काको स्वर रहेको छ भने गीतमा शिव सुवेदीले संगीत दिएका छन् । वसन्त फिल्मस् प्रालिले सार्वजनिक गरेको म्युजिक भिडियोको छायांकन बिष्णु सुवेदी निशानले गरेका हुन् ।
जापानका विभिन्न शहरमा सुटिङ गरिएको भिडियोमा जापानमै रहेका कलाकार तथा मोडल बिनोद भण्डारीले अभियन गरेका छन् । यसअघि कलाकार कंडेलले प्रदेशसँगै सम्बन्धित रहेर ‘यस्तै छ कहानी परदेशी’ गीत बजारमा ल्याइसकेका छन् ।