बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

पानी अभियान कर्ता मित्र लाल पार्देले पानीले तड्पिएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङको ८०० परिवारको लागि जब सम्म पानी अभियानको नारा सफल हुने सुनिश्चित हुँदैन तब सम्म घर नै न आउने गरी नारा सफल पार्न पानी तपस्यामा लागेको जानकारी दिनुभएको छ ।

पानी अभियानको नारा सफल होस् भन्ने चाहना व्यक्त गर्दै हाल सम्म विभिन्न व्यक्तिहरुबाट झन्डै २७ लाख प्रतिवद्दता आई पुगेको पनि जानकारी दिनुभयो ।

उहाँ पानी अभियान सम्बन्धी कसम खाँदै लेख्नुहुन्छ “ अब एक महिनापछि पानी अभियान एक वर्ष पुग्दैछ । यो अवधिमा कसैसित पनि नमागेर अभियानमा झन्डै २७ लाखको प्रतिवद्दता आइसकेको छ । अभियानको खातामा झन्डै ८ लाख पुगेको छ ।

समितिका सचिवले पनि हरेक समयमा के कति रकम जम्मा भो भनेर जानकारी गराइरहनु भएको छ । कसैले पनि सहयोग गरेको एक सुकी रकम पनि म सार्वजनिक गरिरहेको छु ।

एक वर्षको अवधिमा कहाँबाट के कति रकम जम्मा भो के कति प्रतिवद्दता भो त्यो राष्ट्रिय स्तरको पत्रिकाले साथ दिएमा उक्त पत्रिका मार्फत प्रकाशित गर्नेछु ।

यदि त्यसो हुन नसके स्थानीय छापा पत्रिका मार्फत एवम् अनलाइनमार्फत प्रकाशित गर्ने सोचमा छु ।

जब सम्म पानी अभियान शुरुवात भएको गाउँमा ८०० परिवारको लागि हरेक घरमा धारो र सिचाइ हुने सुनिश्चितता हुँदैन तब सम्म म घरमै आउन सक्दैन किन कि यो तपस्या हो ।
सामाजिक उद्देश्य प्राप्ती गर्न कसैलाई नबिगारेर कसैलाई गाली नगरेर कसैलाई नहाराएर कसैलाई जबर्जस्ती नगरेर कसैको मन नदुखाएर पनि सामाजिक परिवर्तन सम्भब छ भन्ने सामाजिक प्रयोग हो पानी अभियान ।

झन्डै ५० लाख जुटिसकेपछि काम पनि शुरु गर्नु पर्ने हुन्छ । सरकार अझै चुप छ सरकार चुप लागोस् त्यसमा पनि भन्नु केही छैन । तर हे मेरो देशको सरकार किन हामीलाई नेपाल विश्वको दोश्रो जलश्रोतको धनी देश भनेर पढाईयो ? मरुभुमी देशहरुमा घर घर धारा हुन सक्ने घर घर पानी हुन सक्ने तर पानीको धनी देशमा पानीले तड्पिनु पर्ने युग कहिले बन्द गर्छौ सरकार ?

मंगल् ग्रहमा वस्ती बसाल्छु भन्नेहरु हो मंगल् ग्रह होइन यही धर्तिमा बस्ती बसेको धर्तिमा हरेक घर धारो हरेक गाउँ सिंचाइ निर्माणमा लाग यो धर्ती कति सुन्दर हुन्छ ।
हे सधैं बन्दुक र गोली बोकेर समाज परिवर्तन गर्छु भन्ने हरु हो एक पटक युगले जित्ने पानी अभियानको नारा सफल पार्न अगाडि बढ । नारा सफल पारे पछि लडे पनि लडौला तर लड्नै पर्ने छैन । हामीलाई मरेपछि स्वर्गको बयान गर्ने किताब होइन हामीलाई त जिउदै भाईचारा प्रेम मानवतामा बाँच्न सिकाउने बिचार चाहिएको छ ।

हामीलाई शहिद बनाएर आफु मस्तिमा रमाउने संस्कारको बिकास होइन हामीलाई त बनस्पति देखि यो दुनियाँ सबैलाई तिर्खा मेटाउने पानी चाहिएको छ । युद्दमा र्पयोग गरिने सेनाहरु भत्ता दिएर मात्र राख्ने होइन गैती बोकेर पानी अभियानको नारा सफल पार्न कुदाउने हो । गरे सम्भव छ । धेरै वर्ष देशले पिडा पाएकै हो । मात्र अब १० वर्ष स्वस्फुर्त अभियानको नारा सफल पार्न जुटौ । बिचार लिएर जुटौ । गैति लिएर जुटौ निर्माण बोकेर जुटौ विनाश होइन बिकास बोकेर हिडौ । जात छोएर होइन , कुर्सी छोएर होइन , पदमा बसेर मात्र होइन स्वस्फुर्त जन्म्भुमी धर्तिको माटो छामेर अगाडि बढौ, हामी सफल हुन्छौ ।

अर्को ग्रहमा वस्ती बसाल्ने आट गर्ने हामी मान्छेहरु यो पानी अभियानको नारा पुरा गर्न कुनै गार्हो छैन है । मात्र सकारात्मक संकल्प बोकेर अगाडि बढे पुग्छ । मात्र १० वर्ष । युगले जित्ने अभियान , युगले प्यास मेट्ने अभियान । फेरि जन्म भुमी पवित्र भुमीको माटो छोएर यो कसम खान्छु कि “ पानी अभियान शुरु भएको गाउँ ८०० परिवारको लागि “ जब सम्म हरेक घरमा धारो ,हरेक गाउँमा सिंचाइ नारा सफल हुने सुनिश्चितता हुँदैन तब सम्म म प्रीय घर आउने छैन ।

मेरो पानी तपस्यालाई हरेक व्यक्तिहरु पत्रकार ,बुद्दिजिवी ,आम नागरिक, राजनैतिक दल एवम हरेक संघ संस्थाहरु स्वस्फुर्त साथ दिएर नारा सफल पारिदिन बिशेष भूमिका खेल्नुहुनेछ भन्ने आशा एवम भरोसा राख्दै पानी अभियानको नारा सफल पार्न लागि पर्ने कसम खान्छु ।

“ हरेक घरमा धारो होस् , हरेक गाउँ सिंचाइ होस् । “ जय पानी अभियान ।

तपाईको प्रतिक्रिया