बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापान स्थित नेपाली काँग्रेसको प्रवासी भातृसंगठन नेपाली जनसम्पर्क समिति जापान भित्र देखिएको नेतृत्व चयन विवादको अन्त्य भएको छ ।

करिब एक महिना अघि जापान सरकारको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आउनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभासद् राजन केसीको पहलमा दुवै पक्षलाई राखेर विवादित विषयहरूको किनारा लगाइएको थियो ।

उक्त सहमति अनुसार पूर्ण कार्यसमितिको औपचारिक घोषणाका निम्ति एक कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रम जुन २१ तारिक साँझ ५ बजे सिनागावा कु निसी गोतान्दा ६-५-१ गोतान्दा बुङ्का सेन्टरमा हुने आयोजकले जनाएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी नेता सुरेन्द्रराज पाण्डेको उपस्थिति रहने सो कार्यक्रमबाट जनसम्पर्क समिति जापानको पुर्ण कार्यसमितिको घोषणा हुने सभामा जनसम्पर्क समिति जापानमा आबद्ध सम्पुर्ण जापानबासी क्रियासिल सदस्य तथा साधारण सदस्यहरूमा उपस्थितीको लागी आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया