बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो-नुवाकोट समाज जापानद्वारा क्यान्सर पीडित सिर लामा तामाङलाई अार्थिक सहयोग गरेको छ । समाजको पहलमा संकलित रकम ६८ हजार २८१ रूपैयाँ समाजका प्रतिनिधी कृष्णप्रसाद लामिछानेले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन् । नुवाकोट शिखरबेसी गाउँ विकास समिति वडा नं. ९ का लामा खुट्टामा क्यान्सर भइ खुट्टा काटी मनमोहन अस्पताल महारागंजमा उपचार गराईरहेका छन् ।

समाजको अार्थिक संकलन अभियानमा साथ दिंदै सहयोग गर्ने जापानबासी नेपालीहरूमा समाजले धन्यवाद भनेकाे छ । त्यसो त भविष्यमा पनि सहयोगको अपेक्षा राख्दै समाजले विरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । ***

तपाईको प्रतिक्रिया