शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – उपत्यकामा बाक्लो हुस्सु लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । भिजिविलिटि कम भएपछि अहिले कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले पहाडी क्षेत्रको मौसम बदली भएको छ । बिहीबार पहाडी क्षेत्रको मौसम दिनभरि नै आशिंक बदली हुने बताइएको छ । मौसमविद्का अनुसार मध्य र पूर्वी नेपालको मौसम सफा हुनेछ । तर शनिबार पश्चिमी वायु सक्रिय हुने देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ । गएको २४ घण्टामा लुम्लेमा १ दशमलव ६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाडौंको तापक्रम २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

तपाईको प्रतिक्रिया