बिदाई मन्तव्यमा भावुक बने ओबामा, पत्नीलाई धन्यवाद दिँदा रोकिएनन् आँशु (भिडियोसहित)

अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो बिदाई मन्त्वयका क्रममा निकै भावुक देखिए । बुधबार सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओवामाले पत्नी मिसेललाई धन्यवाद दिँदै गर्दा उनले आँशु रोक्न सकेनन् । ‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नीमात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ ओबामाले भने, ‘तिमीले म सँग नमागेको जिम्मेवारी सम्हाल्नुपर्यो, तर त्यसलाई तिमीले कुशलतापूर्वक पूरा गर्यौँ ।’ यति भनिरहँदा ओबामाले आँशु थाम्नै सकेनन् । उनले गोजीबाट रुमाल निकालेर आँशु पुछे । सँगै उनकी जेठी छोरी पनि रोएको देखिएको थियो ।

राष्ट्रपति ओबामाले आफ्नो मन्तब्यको क्रममा प्रजातन्त्रमाथि चुनौती खडा भएको विषयमा बढी ध्यान केन्द्रीत गरेका थिए । ५५ वर्षीय ओबामा सन् २००८ मा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए । त्यतिबेला सिकागोबाटै उनले विजयी भएको घोषणा गरेका थिए । आज फेरि त्यही ठाउँमा पुगेर उनले आफ्नो बिदाई मन्तव्य दिए ।

आगामी २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित