जापानमा संघसंस्थाबीच परिचयात्मक कार्यक्रम हुँदै

टोकियो – जापानमा वसोवास गर्दै आएका नेपालीहरुद्वारा गठन गरिएका विभिन्न संघसंस्थाहरुबीचको परिचयात्मक कार्यक्रम हुने भएको छ ।
प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटि, जापानको आयोजनामा आगामी १५ तारिख आइतबारका दिन सोलमरी लाईभ म्यूजिक हाउस शिनओकूबोमा सो कार्यक्रम हुन लागिएको हो । नयाँ वर्ष २०१७ को अवसरमा शुभकामना आदान-प्रदान गर्ने तथा चियापानसहित परिचयात्मक कार्यक्रम राखिएको प्रचार प्रसार तथा संघ संस्था समन्वय विभागका प्रमुखसमेत रहनु भएका कमिटिका उपमहासचिव राजेन्द्र श्रेष्ठले समुद्रपारिलाई जानकारी गराउनु भयो ।
जापानमा रहेका नेपालीहरुद्वारा सञ्चालन गरिएको करीब ७० वटा संघसंस्था रहे पनि केही संघसंस्थाबीच एक आपसमा चिनापर्ची नरहेको र आगामी दिनमा विभिन्न कार्यमा सहकार्य गर्न सजिलो होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको उपमहासचिव श्रेष्ठको भनाइ छ । उहाँले सम्भव भएसम्म संघसंस्थाका प्रमुख र सम्भव नभए अनिवार्य रुपमा प्रतिनिधि पठाइदिनु हुन अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित