शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काबुल – अफगानिस्तानको राजधानी काबुलसहितका विभिन्न स्थानमा गराइएको श्रृंखलावद्ध बम आक्रमणमा ५१ जना मारिएका छन् ।
काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् ।
त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँदा कम्तिमा सात जना मारिएका थिए । त्यहाँ गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्ट हाउसलाई लक्षित गरि आक्रमण गरिएको थियो । संसद भवन नजिक गराइएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ ।

तपाईको प्रतिक्रिया