भारु साट्नका लागि छलफल गर्न टोली आज भारत जाने

काठमाडौं – नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणी शिवाकोटीको नेतृत्वमा प्रतिनिधि आज भारत जाने भएको छ ।

भारु सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो । भारतले परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सटहीको मोडालिटी र पक्रियाको बारेमा छलफल गर्न को–को कहिले आउने भनी जानकारी मागेको थियो ?

राष्ट्र बैंकका अनुसार यतिबेला नेपाली बैंक तथा वित्तीय संस्थाहरुसँग ३ अर्ब ३६ लाख ९० हजार भारु छ । तर त्यो भनदा बाहिर १० अर्बभन्दा बढी भारु पाँच सय र एक हजारका नोट रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित