शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – क्यालिफोर्नीयामा आईतबार भएको ‘गोल्डेन ग्लोब अवार्ड’मा अभिनेत्री प्रियंका चोपडाले सहभागीता जनाईन् । उनी त्यहाँ विजेताहरुलाई अवार्ड दिनको लागि उपस्थित थिईन् ।

अवार्ड शोमा हलिउडका प्राय सेलिब्रेटीहरुको उपस्थिति थियो तर आकर्षणको केन्द्रबिन्दु भने प्रियंका चोपडा नै बनिन् । ईभेन्टमा डिजाईनर राल्फ लरेनको गोल्डेन करलको गाउन र स्टेफनी बु्रुक बन्र्सको मेकअपबाट सजिएकी प्रियंका निकै स्टनिंग देखिएकी थिईन् ।

२०१५ मा सिरियल क्वान्टिकोकी मुख्य अभिनेत्रीको रुपमा हलिउडमा ब्रेक लिएकी प्रियंकाले त्यसबाट खुबै तारिफ बटुलिन् । त्यसपछि उनले एक हलिउड सिनेमा बेवाचमा पनि काम गरिसकेकी छिन् । उनको सिनेमा यहि बर्ष रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया