शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – कलाकारद्वय धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमूना बस्ती निर्माणको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ सहितले संयुक्त रुपमा बस्तीको शिलान्यास गरे । 

शिलान्यास कार्यक्रममा मनोज गजुरेल, किरण केसी, जितु नेपाल लगायतका कलाकारहरु पुगेका थिए । उद्घाटन कार्यक्रममा मुसहर समुदायले धुर्मुस–सुन्तलीलाई गला नै ढाकिने गरी माला लगाई स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै महजोडीले सीताराम कट्टेल नेपाल आमाको सपूत भएको बताउँदै प्रशंसा गरेका थिए । धुमुर्स सुन्तलीले पनि मुसहर बस्तीमा खुशी छर्न पाउँदा आफूहरु खुशी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरे ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुने तथा नमूना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको हो भने बस्ती निर्माणका लागि सहयोग आउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया