शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो-दुई वर्ष अगाडि विद्यार्थीका रूपमा जापान अाएका काठमाण्डाै पकनाजोलका जोन लामा (३२ वर्ष) झुण्डिएको अवस्थामा फेला परेका छन् । टोकियोको चियोदा कुमा झुण्डिएको अवस्थामा उनका साला र सालाको साथीले भेटेको सालाका साथी समिर अधिकारीले समुद्रपारिलाई बताए ।

सोमबार साँझ जापानी समय अनुसार ४/५ बजेतिर उनीहरू किनमेलबाट फर्किंदा झुण्डिएको अवस्थामा भेटेपछि तुरून्तै अस्पताल लगिए पनि चिकित्सकले मृतक घोषणा गरेको बताइएको छ ।

घटनास्थल पुगेका अर्का व्यक्ति कर्मा वाङदेलले जानकारी दिए अनुसार मृतक लामा यही मार्चमा सेनमाेन गाक्को (भोकेसनल कलेज) सकिने र हाल कामकाे खोजिमा रहेपनि काम फेला नपारेको साथै नयाँ भर्ना हुन कलेज समेत नभेटिएकोले निकै तनावमा रहेको बताइएको छ । होस्टलमा बस्दै अाएका मृतक लामा साला विदामा नेपाल जाने भएकोले उनको कोठामा बस्न अाएको पनि बुझिएको छ ।

मृत्युको वास्तविक कारण भने पत्ता लागिनसकेको र अहिले प्रहरीले अनुसन्धान गरिरहेकाे बुझिएको छ । ***

 

तपाईको प्रतिक्रिया