बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – प्रविधिको बिकाससंगै नयाँ-नयाँ कुरा पता लगाउंदै अगाडी बढेको आजको विश्वमा दिनानुदिन नयाँ-नयाँ प्रविधिको बिकास भईरहेको छ । आजको युगमा मोबाइल नचलाउने कमै मात्र भेटिन्छन् । 

नयाँ-नयाँ एप्सको कारण युवापुस्तालाई धेरै काममा सहज हुँदै गएको छ । यस्तै एक निकै खुसीको खवर रोमान्टिक जोडीहरुलाई छ जो एक अर्काबाट टाढा छन् । किसेन्जर मार्फत च्याटमा एक अर्कालाई किस खान सकिने उपकरण निर्माण भएको छ । सिटी विश्वविद्यालय लण्डनमा विद्यावारिधि गर्दै गरेकी एम्मा यान झाङले किसेन्जरको आविष्कार गरेकी छिन् । 

सामान्य स्मार्ट फोनको खोल जस्तै देखिने किसेन्जरको तल्लो भागमा सिलिकनबाट बनाएको ओठ हुन्छ जसमा किस गरेपछि अर्को ठाउमा बसेको आफ्नो प्रेमी भएको स्थानमा पुग्छ । अनौठो त् के भने किस गर्दा किसेन्जरले एउटा सुगन्ध पनि दिन्छ । ६ वर्ष देखि निरन्तर खोजमा लागेका कम्युटर विशेषज्ञहरुले यस्तो उपकरण निर्माण गरेका हुन् । –एजेन्सी

तपाईको प्रतिक्रिया