शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

भोजपुर – भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ ।

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गर्नुभएको हो ।

सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्यअनुरुप भोजपुरमा रहेका दुई नगरपालिका र ५४ गाविसका १२ देखि २३ महिनाभित्रका तीन हजार छ सय ९३बालबालिकाले एक वर्षभित्र नै पूर्ण खोप लगाएको हुँदा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गर्न सहयोग गर्ने पत्रकार र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया