शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – भारतीय अभिनेता ओम पुरीको निधन भएको छ । मुम्बईमा उहाँको निधन भएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुरीको ६६ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले प्रारम्भिक शिक्षा मामाघर पञ्जाबको पटियालाबाट पूरा गर्नुभएको थियो । उहाँले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएसन गर्नुभएको थियो । उहाँले आफ्नै प्रयासमा नाट्य समूह मजमा बनाउनुभएको थियो ।

पुरीले सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गर्नुएको हो । पुरीको हृदयघातका कारण निधन भएको पिटिआइले जनाएको छ ।

उहाँले जाने भि दो यारों, अर्धसत्य, आरोहण, मिर्च मसाला, चाची ४२०, आक्रोश, गुप्त, मालामाल विकलीमा अविस्मरणीय अभिनय गर्नुभएको छ । पुरी पछिल्लो पटक चलचित्र घायल रिटर्न मार्फत ठूलो पर्दामा आउनुभएको थियो ।

पुरी पद्यम श्रीबाट सम्मानित हुनुभएको छ । भारतीय सरकारले दिने नागरिलाई चौथो ठूलो सम्मान हो । पुरीले सन् १९८२ मा आरोहण तथा सन् १९८३ मा अर्ध सत्यबाट उत्कृष्ट अभिनेताका लागि राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया