पुन:निर्माणको अभियानमा महानायक हमाल, सामाजिक कार्यमा लागिरहने प्रतिबद्धता

काठमाडौं – विगत लामो समय शैक्षिक क्षेत्रमा काम गर्दै आएको घाँसी आर्दश समाज नेपालले गोरखा भूकम्प पछि प्रभावित विद्यालयहरुको पुन:निर्माणको कार्य अगाढी बढाइरहेको छ । उक्त कार्यक्रममा महानायक राजेश हमाल पनि अभियान्ताको रुपमा काम गर्दै आउनु भएको छ ।  

यसै क्रममा घाँसी नेपालले गरेको एक कार्यक्रममा बोल्दै हमालले आफु सामाजिक कार्यमा कहिल्यै पछि नपरेको र अरुले पनि सहयोग गर्द अग्रसर हुनुपर्ने भन्दै सबै मिलेर यो अभियानलाई सफल बनाउन आग्रह पनि गर्नुभयो । यस अघि विभिन्न कार्यक्रममा सामेल भएपनि अब विद्यालय भवन निर्माण स्थलमै उपस्थिति हुने र सकेजति सहयोग गर्न तयार रहेको पनि हमालले बताउनुभयो । 

विगत लामो समयदेखी अभियान्ताको रुपमा काम गर्दै आउनु भएका हमलका कारण पनि विद्यालय भवन निर्माण अभियान सफल हुने घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित