शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले खैनी खाएर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

सोमबार बैठक सुरु हुनासाथ एमाले सांसदहरु उभिएर विरोध जनाए । केसीले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए । आफ्नै दाहिने हातमा थुके । र आफू बस्ने कुर्सीको टेबुुलमुनी फ्याँके ।

सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गरिएको र हालसालै सार्वजनिक यातायातबाट थुक्न समेत निषेध गरिएका बेला सरकारकै मन्त्रीबाट भएको यस्तो हर्कतले सामाजिक सञ्जाल र मिडियाहरुमा चर्चा भएको छ ।

भिडियो: 

तपाईको प्रतिक्रिया