बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं –  आज सन् २०१६ को अन्तिम दिन । सन् २०१६ मा भएका केही घटनालाई तस्बिर मार्फत हेरौं । यो वर्षको सुरुवातीमै दक्षिण अमेरिकी देशमा जिका भाइरसबाट धेरै बालबालिकाले ज्यान गुमाए । ब्राजिलमा मात्रै यसबाट चार हजार बालबालिकाले ज्यान गुमाएका थिए ।

मार्च महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिशेलको नृत्यको तस्बिर निकै चर्चित रह्यो ।

जुलाई ९ तारिखमा अमेरिकाको न्युयोर्कमा ब्ल्याक लाइफम्याटर आन्दोलनमा सहभागी इशिया इवान्सले पुलिसको सामना गरेको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जुलाई ११ मा न्युयोर्कको आकाशमा चन्द्रमा सबैभन्दा नजिक आएको र मनोरम दृश्य बनेको भन्दै तस्बिर खिच्नेको भीड नै लाग्यो ।

चीनको हुनान प्रान्तको एक पहाडमा एक सय मिटर लामो शिशाको पुल बन्यो । जसले सबैलाई चकित बनायो ।

जनवरी ११ मा ब्रिटेनका चर्चित गायक डेविड बोईको निधन भयो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले २०१६ मा भुमध्यसागर पार गर्न कोशिस गर्दा ३८ सय आप्रवासीको डुबेर ज्यान गएको थियो ।

रियो ओलम्पिकमा एकसय मिटर दौडको सेमिफाइनलमा जमैकाका उसेन बोल्टको मुस्कान पनि निकै चर्चित बन्यो । उनले फाइनलमा ९ दशमलव ८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्णपदक जितेका थिए ।

पाँच वर्षदेखि सिरियाली बच्चाहरु धुलो र रगतमा लतपतिएका छन् । सिरियाको एलेप्पोमा भएको हवाई हमलामा परि घाइते भएका यी बालकको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

११ सेप्टेम्बरमा एलेप्पो शहरमै हवाई हमला भएको थियो । हमलाबाट ध्वस्त भएको घरबाट आफ्नो बच्चा निकाल्दै गरेको यो तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बन्यो ।

कंगोको उत्तरी किवु प्रान्तमा अगस्ट महिनामा हिंसा भएको थियो । यस हिंसामा ३० जना माानिसले ज्यान गुमाएका थिए ।

नोभम्बर १४ मा चन्द्रमा पृथ्वीको सबैभन्दा बढी नजिक आएको थियो । चन्द्रमा पछिल्लो ६८ वर्षमा पृथ्वीको सबैभन्दा नजिक आएको हो । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको थियो । यस समयमा नेपालमा पनि तस्बिर खिच्नेको भिड लाग्यो । यसपछि सन् २०३४ को नोभेम्बर २५ मा मात्रै चन्द्रमा पृथ्वीको नजिक देख्न पाइने छ ।

तपाईको प्रतिक्रिया