बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – चार वर्ष देखि जापानमै बेपत्ता भएका भनिएका काभ्रे जिल्ला चौबास ९ का पृथ्वी कुँवर सम्पर्कमा आएका छन् ।

उनकी श्रीमती अनिता भनिने कमला गुरुङले श्रीमानको खोजतलास गरिदिन जापानबासी नेपालीहरु समक्ष गरेको अपिलअनुसार समुद्रपारि डट कममा मंगलबार समाचार प्रकाशित भएलगत्तै बुधबार बिहानै कुँवर सम्पर्कमा आएका हुन् ।

अनिताले समाचार प्रकाशित गरी खोजतलासमा सहयोग गरिपाउँ भनि पठाएको निबेदन प्राप्त हुँदासाथ बिभिन्न माध्यमबाट समुद्रपारिले पृथ्वी कुँवरसंग सम्पर्क गर्न प्रयास गरेको थियो तर प्रयास सफल हुन सकेन । अनिताले उपलब्ध गराएको पृथ्वी कुँवरको भनिएको मोबाईल नंवरमा सम्पर्क गर्दा जापानीले उठाउने गरेकोले फेसबुक मार्फत सम्पर्कमा आईदिन हप्तौसम्म अपिल गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि एकजना नारीको बेदनालाई समाचारमार्फत बाहिर ल्याईएको हो । समाचारले कुँवरलाई सम्पर्कमा आउन मदत गरोस् भन्ने मात्र समुद्रपारिको मुख्य ध्येय थियो ।

जसअनुरुप समाचार प्रकाशित भएलगत्तै सम्पर्कमा आएका कुँवरले समुद्रपारिसंग कुरा गर्दै भने – श्रीमतीको दावी गर्ने अनिता भनिने उनको खास नाम अनिता नभएर कमला गुरुङ हो, उनले मलाई लगाएको आरोप केवल चरित्र हत्या गर्ने नियतवश आएको देखिन्छ, उनीसंग लिभिङ टुगेदरको मात्र सम्बन्ध हो, कानुनीरुपमा हाम्रो बिबाह भएको छैन । तर उनले पैसा खर्च गरेर तयार गरेका नक्कली कागजात र फोटोशपको प्रयोग गरेर तयार पारिएको बिबाहका फोटोहरु देखाएर श्रीमतीको हैसियतमा मलाई ब्ल्याकमेलिङ गर्न खोजिरहेकी छिन् भने मुद्दामामिला गरेर दुःख दिईरहेकी छिन् । मेरो नागरिकता लगायतका महत्वपूर्ण कागजात उनीसंगै भएकोले त्यसो गर्न उनलाई सजिलो भएको छ । नागरिकता साथमा नहुँदा यता मलाई एमआरपी बनाउन समस्या भएको छ ।जापान आएपछि पनि कमलासंग लामो समयसम्म फोन र म्यासेजमा सम्पर्क हुँदै आएको थियो । मैले उनको भाइ मीन गुरुङमार्फत पटक पटक गरी २० लाख जति पैसा पठाएको पनि छु । पछि गएर उनको बारेमा अलि नकरात्मक कुराहरु सुन्नमा आएको र उनले पनि मलाई कसरी हुन्छ असजिलोमा पारेर आफ्नो स्वार्थ मात्र पुरा गर्न थालेपछि सम्बन्ध चिसिदैं गएकोले सम्पर्क बिच्छेद हुन पुगेको हो । म यता जापान आउने बेलामा ११ लाख रुपैंया अनिताले सहयोग गरेको भन्ने कुरा सरासर झुठो हो, आवश्यक रकमको जोहो आफै गरेर म जापान आएको हुँ । अनिता भनिने निज कमला गुरुङले मलाई लगाएको कपोलकल्पित आरोपको भ्रममा नपर्न सम्बन्धित सबैमा अपिल गर्दछु ।

समुद्रपारि डट कमको समाचार प्रभाव स्वरुप पृथ्वी कुँवर सम्पर्कमा आएपछि अनिता भनिने कमला गुरुङले आफु पृथ्वी गुरुङकै श्रीमती भएको दावीलाई थप प्रमाणित गर्दै बिबाहको फोटो र काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायधीश मेदिनीप्रसाद पौडेलको मिति २०७३ साल श्रावण २० गतेका दिन भएको फैसलाको स्क्यान कपी समेत समुद्रपारिलाई पठाएकी छिन् । फैसलामा बादी कमला गुरुङ कुँवरलाई मुद्दा दायर भएकै दिनदेखिको फैसला भएको दिन सम्म १ वर्ष ६ महिना ८ दिनको मासिक १० हजारका दरले मानाचामल बापत पाउने रकम १ लाख ८२ हजार ६ सय ६७ र त्यसैगरी अंश प्राप्त नहुँदासम्मको मानाचामल र पृथ्वी कुँवरको भागमा आउने अंशको आधा अंश भराईदिनू भन्ने उल्लेख छ ।

अदालतले गरेको फैसला अनुसार कमलाले पाउने अंश पृथ्वी कुँवर नेपाल नगएसम्म नपाउने भएकोले जसरी भए पनि पृथ्वी कुँवर नेपाल फर्कनुपर्ने कमलाको जिकिर छ भने तोचिगीमा बस्दै आएका पृथ्वी कुँवर तत्काल नेपाल फर्कने मनस्थितिमा देखिदैनन् । जसका कारण पृथ्वी कुँवरको नाममा अंश लाग्ने जति सबै चलअचल पैतृक सम्पतिमा कमलाले रोक्का गराएकी बताईन् ।

कमला गुरुङसंग बिबाह नै नभएको केवल लिभिङ टुगेदरको मात्र सम्बन्ध भएको भन्ने पृथ्वी कुँवरको दाबी र श्रीमतीको हैसियतले कमला गुरुङले अदालतबाट अंश दाबीको मुद्दासमेत जितिसकेको अवस्थामा पृथ्वी कुँवर सम्पर्कबिहिन भईदिंदा कमलालाई अंश प्राप्त गर्न समस्या भएको देखिन्छ । श्रीमान पृथ्वी कुँवरलाई सम्पर्क गर्ने प्रयास गर्दा गर्दै वषौं बितिसकेकोले बाध्य भएर मिडिया गुहार्नुलाई अन्यथा लिन नहुने कमलाले बताईन् । ***

अदालत फैसलाको एक अंश यस्तो छ –

यो पनि हेर्नुहोस् । 

कमाउन जापान आएका श्रीमान बेपत्ता भएपछि श्रीमतीको विचल्ली

तपाईको प्रतिक्रिया