बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरियो ।

पुल्चोकस्थित साझा प्रकाशनमा आयोजित समारोहमा राष्ट्रकवि घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

उहाँहरुले नेपाली भाषा, साहित्य र संस्कृतिमा दिनुभएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

सोही समारोहमा प्रधानमन्त्री दाहालले समालोचक निनु चापागाईको ‘पूर्ववाद र सइदेली विचार’ र प्राडा ताराकान्त पाण्डेयको ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाज शास्त्र’ लोकार्पण गर्नुभयो ।

तपाईको प्रतिक्रिया