जीवन शर्मा, बिष्णु खत्री, मुना थापा र नारायण शर्माले नयाँ बर्षमा टोकियो तताउने

टोकियो – नयाँ वर्षको उपलक्ष्यमा जापान नेपाली एकता समाजले नेपालबाट आमन्त्रित लोकप्रिय कलाकारहरुको प्रस्तुती रहेको साँगीतिक कार्यक्रम गर्ने भएको छ ।

आउँदो जनवरी १ तारिख हुने सो कार्यक्रमका लागि नेपालबाट जीवन शर्मा, नारायण शर्मा, बिष्णु खत्री र मुना थापा आउने भएका छन् ।

कार्यक्रम सिन्जुकुस्थित होटल सनरुट प्लाजामा अपरान्ह ४ बजेदेखि ९ बजेसम्म हुने सो समाजका अध्यक्ष विष्णु केसीले समुद्रपारिलाई बताएका छन् ।

उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका लागि आयोजक संस्थाले जापानको नेपाली समुदायलाई अपिल गरेको छ ।

कार्यक्रम बाढीपहिरोबाट पीडितहरु र असहाय तथा विपन्न वर्गका बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको बताईएको छ । सोही कार्यक्रम यही डिसेम्बर ३१ तारिख शनिबारका दिन ओसाकामा पनि हुने भएको छ ।***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित