शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – साझा प्रकाशन सञ्चालन समितिको महाप्रबन्धकमा पुनः डोलिन्द्रप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

समितिको आज बसेको बैठकले शर्मालाई चार वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक रहनुभएका शर्माको पदावधि यही पुस मसान्तभित्र सकिँदै थियो । यसअघि शर्मा दुई वर्षका लागि महाप्रबन्धकमा नियुक्त हुनुभएको थियो ।

यसैगरी बैठकले प्रकाशनको पुस्तक छाप्नका लागि दुई मेसिन खरिद गर्ने, कर्मचारी कटौती गर्ने र जीर्ण केन्द्रीय कार्यालय मर्मत गर्ने निर्णयसमेत गरेको उहाँले जानकारी गराउनुभयो ।

साझाले नेपाल सरकारबाट प्राप्त रु ३० करोडले सहकारी विकास बैंक र जनक शिक्षा सामग्री केन्द्रको बक्यौता रकम तिर्नसमेत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर २६ गतेको बैठकले साझा सञ्चालन गर्नका लागि रु ३० करोड दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया