बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सरकारले मन्त्रीपरिषदबाट मुसा भगाउन बिरालालाई नियुक्त गरेको खबर सुन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर वेलायत सरकारले मुसा भगाउनका लागि दुई बिरालालाई नियुक्त गरेको खबर यथार्थ हो । 

बेलायतको मन्त्रीपरिषदले मुसाले दिएको दुखबाट मुक्त रहन दुई बिरालालाई नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जनाएका छन् । यसअघि बेलायतको डाउनिङ स्ट्रिटस्थित मन्त्रिपरिषद कार्यालयमा मुसाले आतंक मच्चाएको छ । मुसालाई त्यहाबाट निर्मूल पार्नका लागि सरकारले इवी र असी नामक दुई बिरालोलाई नियुक्त बताएको छ ।

यी दुई बिरालो सेलिया हैमण्ड एनिमल ट्रस्टबाट मन्त्रालय सरकारले ल्याइएको छ । यस्तै इवीको नाम लोकसेवाकी पहलो महिला स्थायी सचिव ड्याम इवलिन शार्पको नामबाट राखिएको जनाइएको छ भने आसीको नामकरण शीर्ष सिविल सर्वेन्ट ईसीबी अस्मोदर्लीको नामबाट राखिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया