शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेलवर्न – सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो ।

wwwwwwwwww

युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाव कम गराएको हुन सक्ने निश्कर्ष निकालिएको छ ।

नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्ष रुपमा वार्ता गर्न नसक्नेको लागि पनि सामाजिक सञ्जालले राम्रो गरेको जनाएको छ । “सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरु मात्रै आउदैनन, त्यहा आफुलाई मन परेका, रमाईलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनौट गर्न पाईने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने देखिन्छ”, यस अध्ययनको नेतृत्व गर्नु हुने मेलवर्न युनिभर्सिटीका पेग्गी केर्नद्धारा शुक्रबार जारी बक्तव्यमा लेखिएको छ ।

“सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको अन्तरसम्वन्ध बुझ्ने क्रममा सामाजिक सञ्जालहरुको प्रयोगलाई कसरी राम्रो बनाउने र यसले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्ला भन्ने बारेमा पनि अध्ययन गरिएको छ,” केर्नेले जानकारी दिनुभयो ।

मोनास युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजावेथ सिब्रुकले सामाजिक सञ्जालको प्रयोग भविश्यमा कस्तो होला र यसले मानिसको मानसिक स्वास्थ्य र समाजमा के कस्तो प्रभाव पार्ला भन्ने बुझ्नका लागि अध्ययन गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया