बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

आयरल्याण्ड – आयरल्याण्डका प्रहरीले एउटा शिकारी कुकुर चोरीको घटनामा संलग्न भएको भन्दै चारजनालाई पक्रेको छ । चोरी भएको कुकुरको मूल्य १० लाख यूरो अर्थात ११ करोड ६३ लाख रुपैयाँभन्दा बढी छ ।

 

आयरल्याण्डको टिपरेरी काउन्टी नजिकै गोल्डेन भन्ने ठाउँबाट रकेट नामको कुकुर आफ्ना प्रशिक्षकसँग भएकै बेला चोरी भएको थियो । प्रहरीले कुकुर सुरक्षित रुपमा भेटिएको जनाएको छ ।

निकै तीब्र गतिमा दौडन सक्ने शिकारी कुकुर भएकाले र राम्रो नश्लको भएकाले पनि रकेटलाई विशेष मानिएको छ । शिकारी कुकुरका जानकार फर्चुनले रकेटलाई कुकुरको सुपरस्टार बताएका छन् । पक्राउ परेका चारैजनासँग प्रहरीले थप सोधपुछ गरिरहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया