बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नयाँ शक्ति नेपाल प्रमुख बाबुराम भट्टराई र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार संयुक्त भेटघाट गर्नुभएको छ ।

ss

प्रधानमन्त्री दाहालका सहयोगी गोविन्द आचार्यका अनुसार दुबै नेताले संविधान संसोधन र समसामयिक विषयमा कुराकानी गर्न संयुक्त भेटघाट गर्नुभएको हो ।यसअघि गत हप्ता उहाँहरुले संविधानमा ‘सबै किसिमका विभेद अन्त्य हुने गरी’ संशोधन हुनुपर्ने माग राखी संयुक्त विज्ञप्ति नै जारी गर्नुभएको थियो ।

संविधान संशोधनका विषयमा अन्य मधेसवादी दल ‘सकारात्मक’ भएको भनिएको थियो । उक्त संयुक्त विज्ञप्ति आएपछि केही मधेसवादी दलले नयाँ संसोधनले आफ्नो माग पूरा नहुने भनाइ राखेका थिए । पछिल्ला केही दिनमा भने भट्टराई र यादव दुबैले केही बोल्नुभएको छैन ।

तपाईको प्रतिक्रिया