बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितीमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

bishnu-poudel

आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाको दिनमा सपथ खाएको कुरालाई बिर्सेको आरोप लगाउँदै भन्नुभयो ‘उहाँले भन्नुभएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्लो दिनदेखि संविधान संशोधन गर्नतर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन, प्रधानमन्त्री दाहालले आफै यो प्रस्ताव ल्याउनुभएको छ, जनताले उहाँलाई कदापी माफ दिने छैनन् ।’

नेता पौडेलले अघि थप्नुभयो ‘अधिकाशं सांसदहरूको असहमतिका बिचमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो, संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो, वुटवलमा पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नुको लागि लाखौ मानिस सडकमा आएका छन्, यदि सरकार जनताको हो भने समयमै संविधान प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथीको अन्त्य गर्नतर्फ लागोस्, पाँच नं. प्रदेशका जनताको भावनालाई लत्याएर यो प्रस्ताव अघि बढाईयो भने एमालले संसदमा कडा प्रतिवाद गर्नेछ, यो प्रस्ताव पारित हुन नदिनको लागि एमाले जुनसुकै कदम चाल्न तयार छ ।’

तपाईको प्रतिक्रिया