शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – डा. जगदिश अग्रवालले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीनले पदभार ग्रहण गर्नुभएको छ । डा. गोविन्द केसीले २२ औं दिनमा अनसन तोडेकै दिन अग्रवालले पदभार ग्रहण गर्नुभएको हो ।

dr-jagadish-agrawal

उहाँले पदभार ग्रहण गरिरहँदा हिजो विहान डीनको कार्यालयमा लगाइएको ताला खुलेको थिएन । त्यसैले उहाँले हालका लागि मोहेगो भवनमै रहेको आफ्नो कार्यकक्षबाट डीनको सम्पूर्ण काम गर्नुहुनेछ ।

डा. केसीको माग सम्बोधन गर्न भन्दै सरकारले यसअघिका डीन केपी सिंहलाई राजीनामा दिन लगाएको थियो । सिंहले राजीनामा दिएपछि वरिष्ठताको आधारमा अग्रवाललाई डीन नियुक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया