शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

क्युवा – क्युवामा गएको हप्ता निधन भएका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सम्मानमा विशाल श्रद्धान्जली र्‍याली भएको छ । राष्ट्रपति राहुल क्यास्ट्रोको नेतृत्वमा सान्टिएगो शहरमा श्रद्धाञ्जली र्‍याली तथा सभा भएको हो ।

 

यसमा दशौं हजारको सहभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्युवाको कम्युनिष्ट आन्दोलनका नेता क्यास्ट्रोको गएको नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रपति राहुल क्यास्ट्रोले नेता फिडेल क्यास्ट्रोलाई समाजवादी सिद्धान्त र उद्देश्य अनुसार सम्मान गरिने बताउनुभयो । नेता क्यास्ट्रोको इच्छा अनुसार उहाँको नाममा स्मारक तथा बाटो बनाउन प्रतिबन्ध लगाइएको राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो । क्युवामा फिडेल क्यास्ट्रोको प्रतिमा नबनाइने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया