शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – व्यवस्थापिका संसदको आइतबारको बैठकमा पनि हंगामा भएको छ । विपक्षी दलको तर्फबाट भनाई राख्ने क्रममा नेमकिपा सांसद अनुराधा थापा मगरले नेपालमा भारतीय हस्तक्षेप बढेको र त्यसै अनुसार दुई राप्रपा एकीकरण भएको भनेपछि हंगामा भएको हो ।

anuradha-thapamagar

उहाँले केही दिनदेखि र का उच्च पदाधिकारी नेपालमा रहेको र उनीहरुको योजना अनुसार राप्रपालाई मिलाउने काम गरेको भनेपछि राप्रपाका सांसदहरुले उठेर बिरोध गरेका हुन् । सांसद थापाको अभिव्यक्तिप्रति राप्रपाका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले त्यो शब्द रेकर्डबाट हटाउन आदेश दिनुभयो ।

सांसद थापा मगरले संविधान संशोधनको प्रस्ताव पनि भारतकै योजना अनुसार आएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया