बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – ज्यापू संस्कृति विकास कोषले यही मङ्सिर २८ गते तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ ।

/fli6«o Hofk" lbj; t]x|f} /fli6«o Hofk" lbj;sf] cj;/df j;Gtk'/df x'g] a[xt ;f+:s[lt sfo{qmddf k|d'v cfltYotfsf] nflu k|wfgdGqL k'iksdn bfxfnnfO{ lgdGqf lbg k'u]sf Hofk" ;+:s[lt ljsf; sf]ifsf ;f+:s[lt 6f]nL k|wfgdGqL lgjf; nflhDkf6df . ;fydf kDkmf e";fn  . tl:a/ M /Tg >]i7, /f;;

कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ ।

अध्यक्ष सिंहले ज्यापू संस्कृति बचाइराख्नका लागि आर्थिक सहयोग गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । दाहाल निवास लाजिम्पाटमा आज बिहान बाजागाजासहित पुगेको कोषको टोलीले प्रधानमन्त्रीलाई नेवारी परम्परानुसार किसली (माटाको पालामा चामल, सुपारी, र चाँदीको सिक्का) समेत राखी कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले यहाँका कला–संस्कृति बचाइराख्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।  हरेक वर्ष योमरी पूर्णिमा (यस वर्ष मङ्सिर २८ गते)का दिन काठमाडौँका विभिन्न टोलबाट बाजागाजासहितका सांस्कृतिक पदयात्राका टोलीले नगर परिक्रमा गरी वसन्तपुरमा कार्यक्रम गर्दै आइरहेको कोषका सचिव सन्तकृष्ण महर्जनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया