बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

गुल्मी – पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गरिएको बन्दले गुल्मीको जनजीबन कष्टकर बनेको छ । संशोधन प्रस्ताव फिर्ता नलिने भन्दै गरिएको बन्द आइतबार पाँचौ दिन हो ।

gulmi-band-5th-day

बन्दको क्रममा मोटरसाइकलसमेत चल्न दिइएको छैन । बन्दको अवज्ञा गरेकाले तम्घासबाट ९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको अनेरास्ववियु गुल्मीका सहसंयोजक शोभाखर गिरीले जानकारी दिनुभयो । जिल्ला बन्द गराउँदै आएको संयुक्त संघर्ष समितिले आइतबार सदरमुकाम तम्घासमा मसाल जुलुस निकाल्दै छ ।

आन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दल, बिभिन्न विद्यार्थी संगठन लगायत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा एक घण्टा धर्ना दिए । आन्दोलनकारीले सरकारी कार्यालयमा धर्ना दिएपछि बजारमा प्रदर्शन समेत गरेका छन् ।

बन्दकर्ताले बिहानैदेखि बन्द गराउँदै हिँड्नाले जिल्ला सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका जनताको दैनिकी कष्टकर बनेको छ । मुख्य बजार, यातायातका साधन, कलकारखाना बन्द छन् । परीक्षा सञ्चालन भइरहेको भन्दै शैक्षिक संस्थाहरु भने बन्द गराइएको छैन ।

बन्दकर्ताले तम्घासका बिभिन्न ठाउँमा टायर बालेर सरकारविरुद्ध नाराबजी गर्दै प्रदर्शन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया