शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – भारतीय दूतावासले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई सकरात्मक कदम भनेको छ । दूतावासका प्रवक्ताले आइतबार विज्ञप्ती निकालेर भारतले नेपालमा शान्ति र स्थायित्व चाहेको भन्दै संविधान संशोधनको प्रस्तावलाई सकरात्मक भनेको हो ।

सरकारले चालेको कदम सफल हुने विश्वास व्यक्त गर्दै भारतीय दूतावासले विज्ञप्तीमा नेपालको शान्ति र स्थायित्वका लागि गर्दै आएको सहयोग निरन्तर कायम रहने स्पष्ट पारेको छ । आन्दोलनरत मधेसी दलका नेताहरुलाई खाना खान बोलाएर संशोधन प्रस्ताव मानेर अघि बढ्न दबाब दिएको भोलिपल्ट भारतीय दूतावासले विज्ञप्ती निकालेर संशोधन प्रस्तावको समर्थन गरेको हो ।

सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयकको विरोधमा रुपन्देही, पाल्पा, प्युठान, गुल्मी अर्घाखाँचीलगायतका जिल्लामा प्रदर्शन भइरहेको छ । मुख्य विपक्षी एमालेसहितका विपक्षी दलहरु आन्दोलनमा छन् ।

तपाईको प्रतिक्रिया