बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

Kaski-Pokhara-Samajटोकियो – कास्की पोखरा समाज जापानले आइतवार टोकियोमा मुलुकको पछिल्लो समसामयिक राजनैतिक बिषयवस्तुमा केन्द्रित रहेर एक खुल्ला अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वक्ता नेकपा एमालेका नेता किरण गुरुङले संबिधान संशोधनको बिषयमा पार्टीको धारणा ब्यक्त गर्नुभएको थियो । स्थायी समितिका सदस्य तथा पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङले संबिधान संशोधनले अहिले मुलुकको समस्या समाधान नहुने बताउनुभयो । उहाँले संबिधान कार्यान्वयन अहिलेको पहिलो प्राथमिकता भएकोले नेकपा एमालेले संशोधनको प्रस्तावमा बिमति जनाएको स्पष्ट पार्नुभयो । उहाँले जापानमा बसेका नेपालीहरुले आफुले सिकेको सीप, दक्षता, अनुभव र पूँजीलाई मुलुकमा लगानी गर्न आह्वान पनि गर्नुभयो ।

kaski-pokhara-samaj समाजका अध्यक्ष शिवप्रसाद पौडेलको सभापतित्व र उपाध्यक्ष बिश्व सुबेदीको स्वागत मन्तब्य रहेको सो अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले नेता गुरुङसंग पछिल्लो राजनैतिक घटनाक्रमका सम्बन्धमा जिज्ञासा राखेका थिए । नेता गुरुङ नेकपा एमालेको भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च जापानको अघिल्लो साता सम्पन्न अधिवेशनमा भाग लिन जापान आउनुभएको हो ।

शिन ओकुबोस्थित नमस्ते गीत गजलको सभाकक्षमा भएको सो कार्यक्रमको समाजका प्रवक्ता अमर गुरुङले सञ्चालन गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया