शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

sarad-raiटोकियो-जापानमा भएको एक वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा शरद राईले प्रथम उपाधी हासिल गरेका छन् । पुरस्कार स्वारूप उनले  ११ लाख १० हजार जापानी येन जितेका छन् ।

प्रतियोगिताको फाइनलमा राईसँगै अर्का नेपाली विष्णु भण्डारी पनि पुगेका थिए । भण्डारीले दोस्रो स्थान हासिल गरेका छन् । उनले दोस्रो पुरस्कार स्वारूप पुस्तक प्रकाशन गर्न पाउने भएका छन् ।  दुईजना नेपाली र एक जापानी युवती फाइनलमा पुगेका थिए ।

अनलाईन मतका अाधारमा हजार बढी सहभागीमा राई, भण्डारी र जापानी युवती फाइनलमा प्रवेश गरेका थिए । अाज शनिवार भएको फाइनलमा राईले निकै उत्कृष्ट प्रस्तुती गरेर धेरैको मत प्राप्त गरेका थिए । राई खोटाङ जिल्लाका हुन भने अर्का प्रतियोगी भण्डारी पोखराका हुन । ***

तपाईको प्रतिक्रिया