मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो – नेपाल मादन तामाङ समाज, जापानले ‘मन्जु तामाङ बचाउ अभियान’ अन्तर्गत ५४ हजार जापानी येन सहयोग गरेको छ ।

समाजले अभियान अन्तर्गत रहेर ५४ हजार जापानी येन रकम संकलन गरी तामाङको काठमाडौं चक्रपथ स्थित नबिल बैंकमा रहेको खातामा जम्मा गरेको हो । नेपाल मादन तामाङ समाज, जापानका कोषाध्यक्ष अस्मिता वाईबाको संयोजकत्वमा उक्त विशेष अभियान संचालन गरिएको हो । यस अभियानमा समाजसेबी एबं सफल ब्याबसायी दीपक सुबेदी, कुमार कार्की, हिमालय होटेलका अनिल केसी, समुद्रपारि डटकमका सम्पादक तिलक मल्ल, गाईजिन सर्भिसका दिल्लीराम सिवाकोटी, टोकियो रोधी क्लवका महेन्द्र बानियाँको विशेष सहयोग र सेममोन गाक्को नाकानो आईटीनिडिका बिद्यार्थीहरूको साथ रहेको थियो । madankudari

आमा कमिस्या तामाङ र बुबा चमार सिंह तामाङकी कान्छी छोरी मन्जु माया तामाङ १२ वर्षको उमेरमा अत्याधिक ज्वारोको कारण दुबै कान नसुन्ने भएका कारण पढ्न समेत बञ्चित भएकी थिईन् । तत्काल उपचार नगरेमा ज्यान नै जाने डाक्टरको भनाइले गर्दा ‘मन्जु तामाङ बचाउ’ अभियान देश तथा बिदेशमा सञ्चालनमा जोड दिदैं आर्थिक संकलन शुरू गरेका थिए । देश तथा विदेशमा बिभिन्न कार्यक्रम आयोजना एवम् अभियान संचालन गरि लाखौं पैसा संकलन गरेर मन्जु माया तामाङलाई हस्तान्तरण गरिसकेका छन् ।

यसअघि पनि नेपाल मादन तामाङ समाज जापानले बिभिन्न अशक्त ब्यक्तिहरुको उपचार तथा भूकम्पपीडितका लागि पनि सहयोग गरिसकेको छ । कानको श्रवण शक्ति गुमाए बसिरहेकी काभ्रे, चापखोरी –२ मेटवाल घर भएकी २३ वर्षिय मन्जु तामाङलाई थप उपचारको लागि केहि समयदेखि जापानसहित देश तथा विदेशबाट मनकारी नेपालीहरूले ‘मन्जु तामाङ बचाउ अभियान’ चलाइरहेका छन् ।

तपाईको प्रतिक्रिया