मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – एसिसी एसिया कप ट्वान्टी–ट्वान्टी महिला क्रिकेटमा भारतले नेपालसामु १ सय २१ रनको लक्ष्य दिएको छ । भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको हो ।

भारतका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे । cricket-team-female-2

नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुण भण्डारी र सरिता मगरले समान एक एक विकेट लिए । अबको कही समयपछि नेपाल जवाफी व्याटिङ गर्दै छ ।

नेपालले प्रतियोगितामा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । बिहीबार थाइल्याण्डसँग ८ विकेटले हारेको नेपाल यस अघि पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो । अहिलेसम्मको प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताकै कमजोर टीम देखिएको छ ।

तपाईको प्रतिक्रिया