शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

cटोकियो – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रवासी नेपालीहरुलाई मुलुकमा लगानी भित्र्याउन अपिल गर्दै त्यसका लागि वातावरण निर्माण गरिदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले बिदेशमा सिकेका ज्ञान, सीप, प्रविधि, अनुभव र पुँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्न प्रवासी नेपालीहरुलाई आह्वान गर्नुभयो ।

बुधबार टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब छिट्टै मुलुकमा राजनैतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको बाटोमा जानुपर्नेमा जोड दिनुभयो । त्यसका लागि संबिधानमा आवश्यक संशोधन गरी कार्यान्वयनमा लैजानुपर्ने बिचार ब्यक्त गर्दै काँग्रेस, एमाले र तत्कालिन एमाओबादी लगायतका प्रमुख राजनैतिक दलहरु मिलेर जारी गरेको संबिधानलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि उनीहरु कै भएकोले दलहरु जिम्मेवारीबाट पन्छिन नहुने धारणा ब्यक्त गर्नुभयो ।

दुई फरक फरक कार्यक्रमका लागि जापान आएका नेपाली काँग्रेस र एमालेका नेताहरुको स्वागतमा एनआरएन जापानको आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा स्थायी समितिका सदस्य किरण गुरुङले नेपालको आर्थिक बिकासमा पर्यटन क्षेत्र एक प्रमुख आधार हुन सक्ने बताउँदै यसको प्रबर्द्धनका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । देशमा उपलब्ध साधन, स्रोतको भरपुर उपयोग गर्न सके नेपाललाई सिंगापुर जस्तै बनाउन सकिने उहाँले दावी गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङले नेपालको राजनीतिमा पेचिलो ढंगले बहसको बिषय भनेको संबिधान संशोधनको प्रस्तावमा आफ्नो पार्टी नेकपा एमाले बिपक्षमा रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद राजन केसीले जिम्मेवार राजनैतिक दलहरु एक ढिक्का भएर संबिधानलाई आवश्यक संशोधन गरी यसलाई यथाशिघ्र कार्यान्वयनमा लैजानुपर्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य राजन राईले देश बिकासका लागि सपना देख्न सक्नुपर्ने धारणा ब्यक्त गर्दै विगतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिकासका संभावित खाकाहरु प्रस्तुत गर्दा खिल्ली उडाईनु गलत भएको विचार ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एशिया संयोजक किरणविक्रम थापा, आइसीसी सदस्य ओम गुरुङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, नयाँ शक्ति पार्टी नेपालको जापानस्थित भ्रात्तृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्ना, एनआरएन जापानका सल्लाहकारद्वय चिरिञ्जिवी थापा र शरद गौचन लगायतका ब्यक्तिहरु पनि बोल्नुभएको थियो ।

एनआरएन जापानका कार्यबाहक अध्यक्ष तासी लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव बुद्धिराज घिमिरेको संचालन रहेको थियो ।***
gij

h 3

3

तपाईको प्रतिक्रिया