बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा आज गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – स्थानीय जनताको भावना बुझेर सीमाङ्कनको टुङ्गो लगाउनुपर्दछ ।

वरिष्ठ नेता पौडेलले संविधान जारी गर्ने बेलामा काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरुले संसद्को रोस्टममा उभिएर संविधान संशोधनको प्रतिबद्धता जनाएको भन्दै संशोधनका लागि तीनै पार्टी एक ठाउँमा आउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

साँघुरो विचार र कमजोर मानसिकताले केही गर्न नसकिने भन्दै उहाँले विविधताबीचको एकताको देश नेपाल भएकाले मधेसी जनतामा आफूहरु हेपिएको भन्ने भावनाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले विगतको शासन व्यवस्थामा मधेस र मधेसी हेपिएको चर्चागर्दै लोकतन्त्रको स्थापनापछि यो क्रमशः हट्न थालेको छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया