शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – लोकप्रिय लोक गायक पशुपती शर्माले गीत गाउन हारे आफूले पेशा छाड्ने बताएका छन् । यद्यपी शर्माले यो घोषणा आफ्नो ब्यक्तिगत जीवनमा नभई हालसालै बजारमा आएको रोइला गीतमार्फत गरेका हुन् । 15049826_1139594712761089_569176068_n-5

लोकप्रिय गायिका मञ्जु पौडेलसँगको ठट्यौली र घोचपेचले भरिपूर्ण रोइला गीतमा गायक शर्माको घम्सा घम्सी भएको हो । प्रायजसो प्रेमका गितहरु सार्वजनिक गर्दै आएकी मञ्जु र पशुपतीको हालै सार्वजनिक भएको एक फरक खालको रोइला गीतमा गाउदा हार्ने र जित्ने जस्ता कथा बस्तुमा गीत तयार पारिएको छ ।

गीतमा गाउँदै गर्दा हारे पशुपती शर्माले गितै गाउन छोड्ने जस्ता कथा समाबेश गरिएको छ भने गायिका मञ्जु पौडेलले ढुक्क संग जित्ने र आफ्ना भाडा माज्न लगाउने लगायतका प्रशंगहरु समेटिएको छ ।

गीतको अन्तिम सम्म दुबै गायक गायिकाको झगडा वढेको कथा बस्तु समेत गीतमा समाबेश छ । मञ्जु र पशुपतीको शब्द रहेको गीतमा पशुपती स्वयमको लय रहेको छ । गितको म्युजिक भिडियोमा पशुपती, मञ्जु, सहित नरेश र कबिताले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया