शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – ब्राजिलका फुटबल खेलाडीहरु लिएर उडेको विमान मंगलबार कोलम्बियामा दुर्घटनाग्रस्त भएको छ ।

विमान दुर्घटनाग्रस्त भएको कोलम्बिया सरकारले पुष्टि गरेको हो । विमानमा चालक दलका सदस्यसहित ८१ जना यात्री रहेको बीबीसीले जनाएको छ । _92705602_colombiamedellin464

विमानमा को–को फुटबल खेलाडी थिए भन्ने पुष्टि भइसकेको छैन । उक्त विमानमा रहेका खेलाडीहरु साउथ अमेरिकन फुटबलको च्याम्पियन अमेरिकाको फाइनल खेल खेल्न जाँदै थिए ।

प्रारम्भिक रिपोर्ट अनुसार राति करिब सवा १० बजे विमान दुर्घटनामा परेको जनाईएको छ । दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । क्षतिबारे आधिकारिक विवरण आइसकेको छैन् । दुर्घटनापछि उक्त फाइनल खेल भने स्थगित गरिएको छ ।  –एजेन्सी

तपाईको प्रतिक्रिया