शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल र जापानबीच मैत्रिपूर्ण सम्बन्ध ६० वर्ष पुगेको अवसरमा आयोजना गरिएको काठमाडौंमा ‘जापान फेष्टिवल २०१६’ मा नेपाली दर्शकहरु खुबै रमाएका छन् । img_8574

समुद्रपारि डटकमको टिम फेष्टिवल स्थल टुडिखेल पुग्दा सबै दर्शकहरु निकै खुसी देखिन्थे । कोहि जापानका बिभिन्न परिकारहरु खानमा ब्यस्त देखिन्थे त कोहि जापानकी संस्कृतीका साथ नृत्य गर्नमा । नेपालीहरुको सार्बजनिक बिदाको दिन परेर पनि होला टुडिखेलमा सर्वसाधरण नेपालीसहित उच्च पदस्थ ब्यक्तिहरु पनि कार्यक्रममा देखिए । जापानीज एसोसियसन अफ नेपाल र गैर आवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा काठमाडौंको टुडिखेलमा फेष्टिवलको आयोजना गरिएको हो । img_8581

फेस्टिबलमा जापानीहरुले जापानी सँस्कृतिको प्रस्तुति र नेपालीले नेपाली सँस्कृतिको विशेष प्रस्तुतिका साथै, जापानमा लोकप्रिय रहेको केन्दो, कराँते लगायतका खेल र जापानीबीच प्रख्यात बोन ओदारी नृत्य पनि प्रस्तुत गरिएको छ ।

विभिन्न १७ वटा स्टलहरु रहेको फेष्टिवलमा जापानीज खानाका परिकारहरुको स्टल पनि राखिएको छ । विहान ११ बजेदेखि सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको फेस्टिबल आज साझँसम्म चल्नेछ ।

फेष्टिवल स्थलमा पुगेर समुद्रपारिले क्यामरामा कैद गरेका थप केहि तस्बिरहरु : img_8593 img_8584 img_8591 img_8600 img_8612 15211707_1409549152398002_1886321701_n img_8649 img_8644 img_8648 img_8645 img_8643 img_8637 img_8646 img_8641 15218634_1409549199064664_1340776495_n फोटोहरु: आनन्द पौडेल/शिव श्रेष्ठ 

तपाईको प्रतिक्रिया