शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – चर्चित लोकगायिका एवं सञ्चारकर्मी कोमल ओली राप्रपामा प्रवेश गरेपछि हास्यकलाकार दीपकराज गिरीले ब्यङ्गात्मक शुभकामना दिएका छन् ।komal

कलाकार गिरीले आफ्नो फेसबुकमा स्टाट्स लेख्दै एउटा पशुपति (महादेवलाई) पुकार्दा महादेव जस्तो पोइ नपाएपनि अर्का पशुपतिको पार्टीमा पुगेर जनताको सेवा गर्नुस् भन्दै कोमललाई शुभकामना दिएका हुन् । उनले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘कलाकार जुनसुकै पार्टीमा जाउन् ‘ देश र जनताको सेवा होस्, कोमलजी शुभकामना !!’

यसअघि दीपकराज गिरीले सरोज खनाल र करिश्मा मानन्धर नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा पनि कडा ब्यङ्ग्य गरेका थिए । गायिका तथा सञ्चारकर्मी वली सोमबार मात्र राप्रपामा प्रवेश गरेकी हुन् ।

तपाईको प्रतिक्रिया