मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मेक्सिको – मेक्सिकोका अधिकारीले कम्प्युटर कम्पनी डेललाई गल्तीले अनलाइनमा प्रकाशित भएको विज्ञापनमा गरिएको दाबी पूरा गर्न आदेश दिएको छ ।

विज्ञापनमा कम्पनीले आफ्नो कम्पनीबाट निर्माण भएको राम्रो कम्प्युटर झण्डै ३० डलरमा किन्न सकिने बताएको थियो । गल्ती थाहा हुने बित्तिकै अमेरिकी कम्पनीले विज्ञापन फिर्ता गरेको थियो । कम्पनीले विज्ञापन अनुसार कम्प्युटर किन्नका लागि पैसा जम्मा गराएकाको पैसा फिर्ता गर्ने जनाएको छ ।

तर उपभोक्ताले मेक्सिको उपभोक्ता एजेन्सीमा उजुरी गरे । एजेन्सीले उपभोक्ताको पक्षमा फैसला गरर्यो । ३० डलरमा बेच्ने भनिएका ल्यापटपको मूल्य २५ सय डलर हो । सफ्टवेयरको खराबीका कारण विज्ञापनमा ल्यापटपको मूल्यको सट्टा केवल शिपिंगको खर्च देखिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया