बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सन् २०१८ मा रसियामा हुन लागेको विश्वकप छनोटका लागि अहिले छनौट खेल भईरहेका छन् । यसैबीच आइतवार राति भएको बोस्निया हर्ज गोभिना र ग्रिसबीचको खेल तनावपूर्ण रह्यो । the-bosnian-striker-appears-unhappy-with-papadopoulos-1

समूह एच अन्तर्गतको ग्रिसको घरेलु मैदान काराइसकाकिस स्टेडियममा भएको खेलमा शुरुबाटै तनाव भएको थियो । पहिलो हाफको १० औं र १२ औं मिनेटमा बोस्नियाका एमिर स्पाहिक र कप्तान एडिन जेकोले एलो कार्ड पाएका थिए । त्यसपछि खेलको ३२ औं मिनेटमा ओरेस्टिस कामेइजिसको आत्मघाती गोलमा अग्रता लिएको बोस्नियाले खेलको इन्जुरी समयमो अन्तिम मिनेटमा गोल खाँदै अंक बाँडेको हो । १२ वटा एलो कार्ड र दुईवटा रेडकार्डको प्रयोग भएको खेलको ७५ औं मिनेट चलिरहँदा आफूलाई लडाएपछि बोस्नियाली कप्तान जेकोले विपक्षी खेलाडीको कट्टु मैदानमै तानेर खोलिदिएपछि झनै तनावपूर्ण बनेको थियो ।

ग्रीसको डी बक्स नजिकै बल पुर्याएको अवस्थामा आफलाई लडाएपछि रिसाएका जेकोले कट्टु तानिदिँदा विपक्षी खेलाडी पापाडोपाउलोस भित्री बस्त्रमा मात्रै देखिए । त्यति गरेपछि जेको ती विपक्षी खेलाडीलाई भुइँमा लडाइदिए । यो विवादका क्रममा स्वीडिस रेफ्रीले जेकोलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाइदिए । त्यसपछि केहीबेर दुई देशका खेलाडीबीच मैदानमै घम्साघम्सी पर्यो । जसलाई सहज बनाउन रेफ्रीले निकै मेहनत गर्नुपरेको थियो ।

जेको सँगको विवादमा तनाव बढाएपछि रेफ्रीले ग्रिसका कट्टु खुस्काइएका पापाडोपाउलोसलाई पनि सिधै रेडकार्ड दिएर मैदान बाहिर पठाइदिए ।

तपाईको प्रतिक्रिया